 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभाको बैठकमा अधिकांश सांसदहरू अनुपस्थित र कुर्सी खाली देखिन्छन्।
- संसदमा विरोध र अवरोधका कारण बजेट छलफल प्रभावित भएको छ।
- सांसदहरूले बैठकमा उत्साह नदेखिएको र विधिसम्मत अभ्यासको उल्लंघन भएको टिप्पणी गरिएको छ।
२ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाराबाजीकाबीच चलेको बैठकमा सांसदहरूले बजेटमाथि धारणा राखिरहेका छन् । तर, सांसदहरूका अधिकांश कुर्सी खाली छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि बैठक बहिष्कार गरेर बाहिरिएको छ । प्रतिपक्षमा दुई दल आसनमा नहुँदा त्यसतर्फको कुर्सी खाली हुनु स्वभाविक हो । तर, सतपक्षतर्फकै कुर्सी समेत खाली देखिन्छन् । यसले बजेटमाथिको छलफलमा सांसदहरूको उत्साह नरहेको देखाउँछन् ।
आइतबार पनि प्रतिनिधि सभाको दृश्य यस्तै थियो । तर, हाजिरीमा भने २०५ जना सांसदको उपस्थिति थियो । सोमबार पनि १७५ भन्दा बढी सांसदले हाजिर गरिसकेका छन् । तर, सभाकक्षमा कुर्सी भने खाली खाली देखिन्छन् ।
सांसदहरूले ढिलो आउँदा पनि हाजिर गर्न पाउँछन् । कतिपय सांसद् आफ्नो बोल्ने पालो ख्याल गरेर संसद् पुग्ने गर्दछन् । संसद बैठक सकिएको आधा घण्टा पछिसम्म हाजिर गर्ने सुविधा उनीहरूलाई हुन्छ । यसकारण कति जना उपस्थित भए भन्ने अन्तिममा मात्रै थाहा लाग्छ ।
प्रतिनिधि सभाको बैठक तीन सातापछि आइतबारबाट कार्यसूचीमा प्रवेश गरेको हो । तर, रास्वपा र राप्रपाको विरोध कायमै छ ।
विपक्षी दलको विरोध र अवरोधकाबीच सदन चलाएको भनेर कतिपयले आलोचना गरिरहेका छन् । सदनभित्र पनि सांसदहरूका कुर्सी खाली देखिएका हुन् ।
सदनमा रहेका सांसदहरूमा पनि उत्साह छैन भन्ने उनीहरूका अभिव्यक्तिले देखाउँछ । बजेटमाथिको छलफलमा धारणा राख्न रोष्ट्रम पुगेका सांसदहरू विषयवस्तुमा कम सदनको अवरोध र भिजिट भिसा प्रकरणबारे ज्यादा बोलिरहेका छन् ।
सभाकक्षमा रहेका कतिपय सांसदले रोष्ट्रममा व्यक्त विचार सुन्न नसकेको भनेर सभामुखको ध्यानाकर्षण गरिरहेका छ्न् । नेकपा एमालेका सांसद सुर्य थापाले त आफू कहाँ छु भन्नेमा अलमलमा परेको भन्दै व्यङ्ग्य नै गरे ।

नेकपा माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेत बोलिरहँदा उनले संसद मर्यादित हुनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गर्न सभामुखसँग समय मागे । सभामुखले समय दिएपछि उनले भने, ‘ ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ, बुझ्न सकिनँ ।’
बजेटमाथि कोल्न रोष्ट्रम पुगेका नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले एउटा दल वेल घेराउ र नाराबाजीमा रहेका बेला सदन चलाउने अभ्यासले निरन्तरता पाएको बताए । यसले कस्तो नजिर राख्छ भन्ने चिन्ता लागेको सुनाए ।
‘प्रतिपक्षी दलका सांसदहरू वेल घेराउ र नाराबाजीमा हुनुहुन्छ । हामी संसद चलाइरहेका छौं । यो कस्तो परम्परा हामी बसाल्दै छौं’ उनले भने ।
संसदीय अभ्यास र परम्पराले यस्तो गर्न नदिने उनको बुझाइ छ ।
नी थप्छन्, ‘हाम्रो संसदीय अभ्यास र नियमावली विपरित यो खालको तरिकाले संसद चलाउनुलाई दुःखद रुपमा लिन सकिन्छ ।’
हेर्नुहोस् तस्वीरहरू :
 
  
   
 
  
  
  
  
 
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
     
     
     
     
     
                
प्रतिक्रिया 4