
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले असार १ देखि भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक लगाएको छ।
- सार्वजनिक निर्माण विभागले स्वीकृति र सहमति दिने कार्य रोकिएको जानकारी दिएको छ।
- वर्षायाममा सडक र फुटपाथ खन्न रोक लगाउने परम्परा अनुसार यस्तो निर्णय गरिएको हो।
३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन महिनाका लागि सडक र फुटपाथ खन्न रोक लगाएको छ । महानगरपालिकाले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक लगाएको हो ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागले जारी गरेको सूचना अनुसार असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक, फुटपाथ खन्न स्वीकृति र सहमति दिने कार्य रोकिएको छ ।
वर्षायाममा सडक र फुटपाथ खन्दा सवारी र पैदलयात्रीलाई आउ–जाउ गर्न गाह्रो हुने भएकाले हरेक वर्ष त्यस्ता काम गर्न रोक लगाउने गरिन्छ ।
जारी रहेका काम भने नरोकिने महानगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4