
४ असार, काठमाडौं । गएरातिको वर्षापछि सडक हिलो हुँदा दाउन्ने सडकखण्डमा गाडी फसेका छन् ।
सोही कारण महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको भुताहादेखि पूर्व नवलपरासीको चोरामारासम्मको क्षेत्रमा करिब ४५ किलोमिटर लामो जाम भएको छ ।
हिलोले फसेका गाडीहरू निकाल्न नसक्दा बिहान ५ बजेदेखि नै गाडी फसेको कावासोतीका इन्स्पेक्टर जनकराज बन्जराले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार अहिले डाइभर्सन बनाएर भर्खरैबाट सडक सञ्चालन गरिएको छ ।
‘बाटो जाम गाडी फसेर भन्दा पनि नचढेर भएको हो । दाउन्नेको बाटोमा सडक चिप्लो छ । त्यसले गर्दा अवरोध भएको हो । डाइभर्सन पनि भर्खरै बन्यो,’ उनले भने ।
उनका अनुसार, ठूलो संख्यामा गाडीहरू सडकमै होल्डमा छन् ।
एकतर्फी मात्रै गाडी खुलेका कारण अझै धेरै समय सडक जाम रहने उनले बताए ।
यद्यपि, बाटो खुलाउने प्रयास भइरहेको छ ।
प्रतिक्रिया 4