Listen News
0:00
0:30
काठमाडौं । बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा सवारी साधनको लामो जाम लागेको छ । हुस्सु कुहिरोले सडक भिजेर चिप्लो भएको र बीच–बीचमा सवारी साधनहरु पनि बिग्रिएकाले जाम लागेको हो ।
जाममा परेका एक चालकले बताए अनुसार दाउन्ने खण्डको दुम्कीबास र बर्दघाट दुवैतिर गाडीहरुको लामो लाइन छ ।
‘बीचमा ट्रकहरु बिग्रिएका छन् र साना गाडीहरुले लेन मिचेर चलाएका छन् । यसले गर्दा बाटोमा झन् बढी जाम लागेको छ,’ उनले भने । जाममा पर्दा यात्रु तथा चालकहरु समस्यामा परेका छन् ।
हाल दाउन्ने खण्डमा सडक विस्तारको काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4