
१९, साउन, चितवन। सडक विस्तार भइरहेको पूर्व-पश्चिम राजमार्गको दाउन्नेमा पहिरो जाँदा राजमार्ग केहीबेर अवरुद्ध भए पनि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार विनयी त्रिवेणी गाउँपालिका -२ दाउन्नेमा पहिरो खसेपछि केहीबेर राजमार्ग अवरुद्ध भएपनि अहिले एकतर्फी रुपमा सञ्चालनमा आएको आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।
उनले भने, ‘ सडक विस्तार आयोजना पूर्वीखण्डमा रहेको पहिरो हटाइयो । तर एक सवारी साधन सडकमै बिग्रिएको कारणले एकतर्फी मात्रै सञ्चालन गर्न सकेका छौं।’
यसअघि दाउन्नेको विश्वकर्मा मन्दिर नजिकै दिउँसो पौने १ बजेतिर पहिरो झरेपछि राजमार्ग दुईतर्फी अबरुद्ध भएको थियो । लगत्तै बुटवल नारायणगढ सडक विस्तार आयोजनाले पहिरो पन्छाउको थियो ।
भरखरै खनेको सडक र बर्षाका कारणले सडक हिलो हुँदा सवारीहरु चिप्लने समस्या दाउन्नेमा हुँदै आएको छ ।
सडक अवरुद्ध भए पछि बुटवल जाने तथा नारायणगढतर्फ आउने सवारी साधानहरु बीच बाटोमा नै रोकिएका छन् ।
प्रतिक्रिया 4