१४ चैत, नवलपरासी । पूर्व पश्चिम राजमार्गको दाउन्ने सडकखण्डमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोहीतर्फ आउँदै गरेको लु२ख २३५१ नं.को बस र ना.५ख २२७५ नं. को पिकअप गाडीलाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।
ट्रकले ठक्कर दिएपछि बस करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिमले)ले जनाएको छ । बस काठमाडौंबाट रोल्पा जाँदै थियो ।
दुर्घटनामा मृत्यु भएका एक जनाको मात्रै पहिचान भएको छ । उनी रोल्पाको बागमाराका करिब २५ वर्षीय गोबिन बुढा रहेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको सनाखत भएको छैन । उनीहरुको शव जिल्ला अस्पतालमा राखिएको छ ।
दुर्घटनामा घाइतेहरुको लुम्बिनी सिटी अस्पताल बुटवल र स्थानीय चिसापानी अस्पतालमा उपचार भैरहेको छ ।
लुम्बिनी सिटी अस्पतालमा रहेका घाइतेहरू
१) बसमा सवार जिल्ला रोल्पा परिवर्तन ४ बस्ने वर्ष अं. २४ को मरिचमान घर्तीमगर
२) बस चालक ऐ. माडी बस्ने वर्ष अं.२४ को हिमाल घर्ती मगर
३) जिल्ला कञ्चनपुर कृष्णपुर गा.पा. ६ बस्ने वर्ष अं. २८ को लोकराज ओझा
४) ट्क चालक जिल्ला बर्दिया बारबर्दिया न.पा. ७ बस्ने वर्ष २४ को सागर चौधरी
५) ऐ. बस्ने वर्ष १९ को जिवन चौधरी
६) जिल्ला काठमाडौ बस्ने वर्ष अं. २८ कि लक्ष्मी खत्री
७) जिल्ला रोल्पा माडि २ बस्ने वर्ष अं. १९ को किरण पुन मगर
८) ऐ. बस्ने वर्ष ४८ कि सुशिला नेपाली
९) जिल्ला रोल्पा माडि गा. पा. ४ वस्ने वर्ष ५८ को मोतिलाल डाँगी
१०) ऐ. बस्ने वर्ष अं. ६२ को झुप बहादुर घर्ती
११) ऐ. ३ बस्ने वर्ष अं. ६२ को तिर्थ बहादुर पुन
१२) जिल्ला दाङ घोराही ३ बस्ने वर्ष ४९ को खिम बहादुर नेपाली
१३) १ जना महिलाको अ.बर्ष २५ की नाम थर वतन हालसम्म नखुलेकाे एक जना
चिसापानी अस्पतालमा उपचार भइरहेका घाइतेहरु
१)जिल्ला चितवन इछ्छा मनकामना १ वस्ने वेष ३१ को विशाल चेपाङ
२)पिकिअप चालक जिल्ला चितवन रत्न नगर वस्ने वर्ष अं. २९ को आषिक गुरुङ
प्रतिक्रिया 4