+
+
Shares

प्रहरी सहायक हबल्दार बुद्धनगरमा मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १०:५७
सांकेतिक फोटो

१४ पुस, कामाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत एक जना सहायक हबल्दार बुद्धनगरमा मृत फेला परेका छन् ।

आज बिहान नयाँबानेश्वर बुद्धनगरस्थित डेरा कोठाभित्र सहायक हबल्दार बलबहादुर थापा मृत फेला परेका हुन् ।

घाँटीमा पासो लागेको अवस्थामा झुण्डिएको देखेपछि उनकी श्रीमतीले उद्धार गरेर नजिकैको एभरेष्ट अस्पताल पुर्‍याएकी थिइन् । तर चिकित्सकले उनलाई मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।

सहायक हबल्दार थापाको मृत्युबारे अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?