+
+
Shares

कार्यालय पुगे काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते ११:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न आदेश दिएको थियो।
  • उहाँले आदेशपछि बिहीबार कार्यालयमा पुगेर काम सुरु गर्नुभएको हो।
  • अदालतले मुद्दाको अन्तिम निर्णय नआएसम्म पाण्डेलाई जिम्मेवारीमा राख्न आदेश दिएको थियो।

५ असार, काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बिहीबार कार्यालयमा पुगेका छन् ।

आफूलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि पाण्डे बिहीबार कार्यालय समयमै हाजिर भएका हुन् ।

बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको थियो । सोही आदेशपछि पाण्डे बिहीबार महानगर प्रहरी बलको कार्यालय पुगेर काम सुरु गरेका हुन् ।

उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?