+
+
Shares

सचिवका धम्कीसँग सरकार नडराओस् : एकीकृत समाजवादी

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोलेका नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र कुलिङ पिरियडको व्यवस्था हटाउन नहुने बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीलाई धम्कीको दबाबमा नआउन आग्रह गरे।
  • निजामती विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्था हटाउन नहुने उनको भनाइ छ ।
  • सदनमा बोलेका पाण्डेले २५ सचिवले राजीनामा दिए सहसचिवले जिम्मेवारी पाउने भन्दै धम्कीसँग नडराउन भनेका हुन् ।

५ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कुलिङ पिरियड हटाउन उच्चपदस्थ कर्मचारीले दिएको धम्कीसँग नडराउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोलेका पाण्डेले लामो छलफल र बहसपछि सदनमा आइपुगेको निजामती विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्था हटाउन नहुने बताएका हुन् ।

‘कुलिङ पिरियड नअटाए २५ सचिवले राजीनामा दिन्न्छौं भन्दै प्रधानमन्त्रीलाई धम्क्याएको सुनिएको छ । प्रधनमन्त्री त्यस्ता धम्कीको दबाबमा आउनु हुँदैन । २५ सचिवले राजीनामा दिए २५ सहसचिवले नयाँ जिम्मेवारी पाउँछन्,’ सांसद् पाण्डेले भने, ‘सरकार धम्कीसँग नडराओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?