+
+
Shares

वेलमा पढ्दै रास्वपाका सांसदहरू

आफूसँग सम्बन्धित र पक्षधरका धारणा रोष्ट्रमबाट व्यक्त हुँदा उनीहरू वेलमै रहेर तिनै किताबमाथि ढ्याप ढ्याप समेत गरिरहेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ असार ५ गते १५:०४

५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसदको वेलमा छन् । भिजिटभिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै आएका उनीहरू बिहीबार वेलमा मौन रहेका छन् ।

पलेँटी कसेर बसेका उनीहरूमध्ये कोही बजेट किताब वेलमै बसेर बढिरहेका छन् । कोही मोबाइल चलाइरहेका छन् भने कोही सांसद्का धारणा सुनिरहेका छन् ।

आफूसँग सम्बन्धित र पक्षधरका धारणा रोष्ट्रमबाट व्यक्त हुँदा उनीहरू वेलमै रहेर तिनै किताबमाथि ढ्याप ढ्याप समेत गरिरहेका छन् ।

सांसद प्रभु साहले संसद्को अवरोध हटाउने पहल लिन सरकारलाई सभामुखले रुलिङ गर्नुपर्ने माग राखेका थिए । जसमा रास्वपाका सांसदहरूले ताली बजाएर समर्थन गरेका थिए ।

विगतका दिनमा वेलमा नारावाजी समेत गर्दै आएका उनीहरू बिहीबार सुरुमा केहीबेर नारावाजी गरेर बसेका हुन् ।

वेलमा जानु अगाडि रास्वपाका सांसद हरि ढकालले गृहमन्त्री रमेश लेखकमाथि प्रश्नहरू गरेका थिए ।

सांसद ढकालले लाखौँ युवा ठगिएको विषयलाई उठाउँदा सरकारले नजरअन्दाज गरेको आरोप लगाए । जवाफ दिने क्रममा गृहमन्त्री रमेश लेखकले सदनको रोष्ट्रमबाट भुइँ मान्छेहरूको आवाजलाई कटाक्ष गरेको टिप्पणी गरे ।

‘विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो ? विमानस्थलभित्रको अनुसन्धान गरेको, अनावश्यक कर्मचारी विमानस्थलमा थपेको ? सचिवालयका कर्मचारीको सचिवालयको कर्मचारीको सरुवा, डीआईजीका सरुवालगायत किन गरेको ? लगायतका प्रश्न गरे ।

आफूहरूले प्रश्नको जवाफ नपाएको भनेर उनले आन्दोलन जारी राख्ने बताए । त्यसपछि रास्वपाका सांसदहरू वेलमा पुगे ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?