
News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको कालीगण्डकी करिडोर तीन दिनदेखि पहिरोका कारण अवरुद्ध छ।
- सडक खुलाउने काम भइरहे पनि निरन्तर पहिरोका कारण सडक खुलाउन समय लाग्ने बताइएको छ।
- अवरोधका कारण जिल्ला र छिमेकी जिल्लासँगको सम्पर्क र यातायात प्रभावित भएको छ।
८ असार, गुल्मी । तीन दिनदेखि पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
शुक्रबारदेखि जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ गरगरेस्थित कालीगण्डकी करिडोर बाटोमा माथिबाट पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) गंगाबहादुर सारुले बताए ।
बाटो खुलाउने काम भइरहे पनि निरन्तर ढुंगा सहितको पहिरो भएकाले समय लाग्ने सारुले बताए । पहिरोले करिडोरका विभिन्न ठाउँमा पहिरोले समस्या निम्त्याएको छ ।
करिडोर सडक अवरुद्ध हुँदा जिल्लाको पूर्तिघाट, छिमेकी जिल्ला बागलुङ, स्याङ्जासँगै पोखरा पुग्ने सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् ।
त्यस्तै ५ दिन अघि कागण्डकी गाउँपालिका–६ बरम्बा स्थित कालीगण्डकी करिडोर सडकको गुल्मी खण्ड अवरुद्ध भएको थियो ।
अवरुद्ध सडक मंगलबार मात्रै एकतर्फी खुलेको थियो । हालसम्म पनि सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।
प्रतिक्रिया 4