+
+
Shares

०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गगन कुमार थापाले नेपाली कांग्रेसको जिम्मेवारीवाला नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउने प्रस्ताव पारित गर्नुपर्ने बताए।
  • उनले भने, ‘कुनै पनि दलको भागबन्डामा नपरेको मान्छेलाई आयोगमा राखेर निष्पक्ष छानबिन गर्न आवश्यक छ।’
  • थापाले नयाँ पुस्ताले मुलुकको नेतृत्वमा नयाँ दृष्टिकोण खोजिरहेको र आगामी निर्वाचनमा उनीहरूको भूमिका महत्वपूर्ण हुने बताए।

८ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो पार्टी सत्तामा बसेको बेलादेखि जिम्मेवारीमा बसेका नेताहरूको सम्पत्ति छानबिनका लागि शक्तिशाली छानबिन बनाउने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखा काठमाडौं सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

कुनै पनि दलको भागबन्डामा नपरेको मान्छेलाई उक्त आयोगमा राखेर निष्पक्ष छानबिन गराउन नसक्दासम्म अबको पुस्ताले आफूहरूलाई विश्वास नगर्ने थापाको भनाइ थियो ।

‘पार्टीबाट यो प्रस्ताव नै पारित गरौं भन्ने मेरो प्रस्ताव छ । कि २०४६ सालको जनआन्दोलनपछि नेपाली कांग्रेस सत्तामा आएको छ,’ थापाले भने, ‘कांग्रेस पार्टी सत्तामा आएपछि वडाको सत्तादेखि केन्द्रको सत्तासम्म हामी जो जोले जिम्मेवारी लिएका छौं । बितेका वर्षहरूको एउटा शक्तिशाली छानबिन आयोग बनाऔं । देशले पत्याएको मान्छे छानौं ।’

थापाले अहिलेका पुस्ताहरुको गुनासोलाई सम्बोधन नगरेसम्म उनीहरूबीच उपस्थित हुन नसक्ने बताए ।

‘कुनै पार्टीको भागबन्डामा नबसेका मान्छेलाई त्यो समितिमा राखौं । त्यो मान्छेलाई ०४६ सालपछिका काम गरेका, जिम्मा बसेका प्रत्येका नेताको सम्पत्ति छानबिन गर्न लगाऔं,’ थापाले भने, ‘कांग्रेसको जो जो पर्छ, जुनसुकै तहको पर्ला, नेता पर्ला, नाता पर्ला, परिवारको पर्ला । जो परेपनि हामीले मान्छौं भनेर हामीले आँट गर्‍यौं भने मात्रै अबको जेनेरेशनले तिमिहरूको कुरा सुन्छौं भन्छ ।’

थापाले नयाँ पुस्ताले मुलुकको नेतृत्वमा नयाँ मान्छे र नयाँ दृष्टिकोण खोजिरहेको पनि बताए ।

अबको निर्वाचनमा नयाँ पुस्ता नै निर्णायक शक्ति रहेकाले उनीहरूको भावनालाई बुझ्दै पार्टी अघि बढ्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?