+
+
Shares

रेसुङ्‍गाले एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार दिने

नगरपालिकाभित्रै ११-१२ कक्षा अध्ययन गरे थप ५० हजार दिइने

गुल्मीको रेसुङ्‍गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई आकर्षक नगद पुरस्कार दिने घोषणा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको रेसुङ्‍गा नगरपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।
  • नगर प्रमुख खिलध्वज पन्थीले १७औं नगर सभामा योजना प्रस्तुत गरी, जीपीए ४.० प्राप्त विद्यार्थीलाई १ लाख रुपैयाँ पुरस्कार दिने बताए।
  • पुरस्कार प्राप्त विद्यार्थीले कक्षा ११ र १२ मा अध्ययन गरेमा थप ५० हजार रुपैयाँ छात्रवृत्ति प्राप्त गर्नेछन्।

८ असार, गुल्मी । गुल्मीको रेसुङ्‍गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई आकर्षक नगद पुरस्कार दिने घोषणा गरेको छ ।

नगर प्रमुख खिलध्वज पन्थीले नगरपालिकाको १७औँ नगर सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रममा उक्त योजनाबारे जानकारी गराएका हुन् ।

नीति कार्यक्रम अनुसार, नगरभित्रका विद्यालयमा अध्ययन गरेर एसईईमा ग्रेड पोइन्ट औसत (जीपीए) ४.० प्राप्त गर्ने विद्यार्थीलाई “नगर प्रमुख शैक्षिक पुरस्कार” अन्तर्गत नगद १ लाख रुपैयाँ प्रदान गरिने नगर प्रमुख खिलध्वज पन्थीले बताए ।

यतिमात्र होइन, सो पुरस्कार प्राप्त गर्ने विद्यार्थीले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ अध्ययन गरेमा, कक्षा १२ को अन्त्यमा थप ५० हजार रुपैयाँ छात्रवृत्तिको रूपमा एकमुष्ठ प्राप्त गर्नेछन् ।

नगरपालिकाले यस कार्यक्रममार्फत विद्यार्थीलाई शैक्षिक उत्कृष्टताप्रति प्रेरित गर्न तथा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने उद्देश्य लिएको जनाएको छ । यो योजनाले विशेषगरी मेहेनती र लक्ष्यमा केन्द्रित विद्यार्थीलाई थप ऊर्जा दिने विश्वास नगर प्रमुख पन्थीले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?