+
+
Shares

खगेन्द्र र वर्षाको ‘हर्ष’ १२ मंसिरमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘हर्ष’को प्रदर्शन मंसिर १२ मा तय भएको छ, जसमा खगेन्द्र लामिछाने र वर्षा राउत मुख्य भूमिकामा छन्।
  • निर्देशक एकता पौडेलले फिल्म दिवंगत शिव रेग्मीप्रति समर्पित भएको बताइन् र फिल्म चितवनमा छायांकन भएको हो।
  • फिल्मको पोस्ट-प्रोडक्सन जारी रहेको र यसमा विभिन्न कलाकारहरूको अभिनय रहेको छ।

काठमाडौं । खगेन्द्र लामिछाने र वर्षा राउतको शीर्ष भूमिका रहेको फिल्म ‘हर्ष’को प्रदर्शन मिति तय भएको छ । निर्माताले सोमबार टाइटल भिडियो सार्वजनिक गर्दै मंसिर १२ देखि फिल्म आउने जनाएका हुन् ।

यो फिल्मको निर्देशन एकता पौडेलले गरेकी हुन् । पौडेलले टाइटल भिडियोको सुरुवातमा नै यो फिल्म दिवंगत निर्देशक शिव रेग्मीप्रति समर्पित रहेको उल्लेख गरेकी छन् ।

चितवनमा छायांकन भएको यो फिल्मको अहिले पोस्ट-प्रोडक्सन भैरहेको छ । फिल्ममा नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेणु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, संगिता नापितको पनि अभिनय छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा निर्देशक पौडेलले लेखेकी हुन् । पारिवारिक सामाजिक कथावस्तुमा बनेको फिल्मको निर्माता प्रसन्न पौडेल र विकास पौडेल हुन् । कार्यकारी निर्मातामा हिक्मत चोखाल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?