+
+
WC Series
काठमान्डु गोर्खाज 2025
134/6 (20)
VS
Biratnagar won by 5 wickets
Won विराटनगर किंग्स 2025
135/5 (17.2)
Shares

पूर्वका स्कुल-कलेजमा ‘हर्ष’ प्रवर्द्धन गर्दै खगेन्द्र, वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते १९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक एकता पौडेलको डेब्यू फिल्म 'हर्ष'ले झापाको विद्यालय र कलेजमा प्रचारप्रसार तीव्र बनाएको छ।
  • फिल्म 'हर्ष'मा नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल लगायतका कलाकारको अभिनय छ।
  • 'हर्ष'को कथा निर्देशक पौडेलकै हो र यो अष्टलक्ष्मी प्रोडक्सन्स् र ईप्राईम मूभिजको ब्यानरमा बनेको छ।

बिर्तामोड । एकता पौडेलको डेब्यू निर्देशकीय फिल्म ‘हर्ष’ ले यतिबेला प्रचारप्रसारलाई तीव्र तुल्याएको छ । यसैबीच, फिल्मको टोली पूर्वी नेपालको झापामा पुगेर विद्यालय, कलेजमा फिल्मको प्रवर्द्धन गरेको छ ।

झापाको बिर्तामोडस्थित लिंकन कलेज, निधि स्कुल, बाल्मिकी स्कुल र चिल्ड्रेन स्कुलमा पुगेर निर्देशक पौडेल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतले फिल्मको कथावस्तुको जानकारी गराउँदै हेर्न आग्रह गरे ।

धेरै समयपछि नेपाली फिल्ममा पारिवारिक कथावस्तुले स्थान पाउन थालेको ‘हर्ष’को प्रचार सामग्रीले देखाएको छ । पछिल्लो समय पारिवारिक फिल्मको ट्रेण्ड घट्दै गएकाले पनि आफूले यो विधा रोजेको निर्देशक पौडेलले बताइन् ।

न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म अध्ययन गरेकी उनले यसअघि केही छोटा फिल्म समेत निर्माण गरेकी छन् ।

फिल्ममा नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेणु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ईप्राईम मूभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक पौडेलको हो । प्रसन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको फिल्मको प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?