+
+
Shares

नापतौल हेरफेर गर्ने चन्द्राकार ट्रेडर्सलाई वाणिज्यले तिरायो २ लाख बढी जरिबाना

विभागको अनुगमन टोलीले आइतबार काठमाडौं महानगरपालिका–९ मा रहेको चन्द्राकार ट्रेडर्सलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते १४:०२
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य विभागले चन्द्राकार ट्रेडर्सलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • अनुगमन क्रममा कम्पनीले रिलेबलिङ, गुणस्तर, परिमाण, मूल्य र नापतौल हेरफेर गरेको पाइएपछि कारबाही गरिएको हो।
  • विभागले २० उद्योग र फर्मको अनुगमन गरी १४ लाई कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ।

९ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चन्द्राकार ट्रेडर्सलाई २ लाख रुपैयाँभन्दा बढी जरिबाना तिराएको छ ।

विभागको अनुगमन टोलीले आइतबार काठमाडौं महानगरपालिका–९ मा रहेको चन्द्राकार ट्रेडर्सलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको हो ।

अनुगमन क्रममा उक्त हार्डवेयर कम्पनीले आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौल हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

विभागले आइतबार २० उद्योग तथा फर्म अनुगमन गरेको थियो । अनुगमन गरिएका उद्योग तथा फर्ममा कपडा, जुत्ता, हार्डवेयर लगायत छन् । त्यसमध्ये १४ वटा उद्योग तथा फर्मलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातहरू लिई विभागमा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको छ भने ४ वटालाई सामान्य निर्देशन मात्रै दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?