+
+
Shares

बजारको तह र मूल्य निर्धारण मापदण्डका लागि वाणिज्य विभागले माग्यो सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार तह र वस्तु तथा सेवाको मूल्य मापदण्ड निर्धारणका लागि सुझाव माग गरेको छ।
  • उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १३ अनुसार विभागले रोशन ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ।
  • बजार संरचना स्पष्ट गर्न र मूल्य निर्धारणमा पारदर्शिता सुनिश्चित गर्न १५ दिनभित्र सुझाव दिन आग्रह गरिएको छ।

१ मंसिर, काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड निर्धारण गर्न आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १३ अनुसार बजारको तह तथा वस्तु र सेवा मूल्यको मापदण्ड निर्धारण गर्न अध्ययन प्रतिवेदन पेस गर्न विभागका महानिर्देशक रोशन ज्ञवालीको संयोजकत्वमा निजी क्षेत्र र अन्य सरोकारवाला समेतको प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको विभागले जनाएको छ ।

नागरिक तथा उपभोक्ता समेतबाट बजारको तह र मूल्य निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्नका लागि सुझाव लिने निर्णय भएको विभागले उल्लेख गरेको छ ।

वस्तु तथा सेवाको मूल्य निर्धारणमा एकरूपता, पारदर्शिता र नियमनको आवश्यकता, मूल्य नियन्त्रण, उपभोक्ता संरक्षण तथा बजार सन्तुलनका साथै बजारको नियम समेतलाई मध्यनजर गर्दै हाल चलनमा रहेका बजार संरचनाको स्पष्ट परिभाषा जरुरत भएको विभागले स्पष्ट पारेको छ ।

मूल्य निर्धारण मापदण्डका लागि स्पष्ट आधार तथा औचित्य समेतलाई विचार गरी १५ दिनभित्र सुझाव दिन सम्बद्ध सबैलाई विभागले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?