
News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार १९ उद्योग तथा फर्म अनुगमन गरी ४ फर्मलाई १ लाख ६० हजार रुपैयाँ जरिबाना तिराएको छ।
- काठमाडौं महानगरपालिका–२५ को एसडी राष्ट्रिय दौरा सुरुवाल टेलर्सलाई ५५ हजार रुपैयाँ जरिबाना तिराइएको छ भने काठमाडौं–९ र काठमाडौं–७ का दुई कस्मेटिक फर्मलाई समान ५०–५० हजार रुपैयाँ जरिबाना तिराइएको छ।
- काठमाडौं–३० को खुद्रा किराना पसललाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ भने १३ फर्मलाई सामान्य निर्देशन गरिएको छ।
२४ असोज, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार ४ उद्योग तथा फर्मलाई कारबाही गरेको छ । विभागले शुक्रबार १९ उद्योग तथा फर्म अनुगमन गरेको थियो ।
विभागको अनुगमन टोलीले अनुगमनका क्रममा ४ फर्मलाई १ लाख ६० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागले काठमाडौं महानगरपालिका–२५ को एसडी राष्ट्रिय दौरा सुरुवाल टेलर्सलाई ५५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
यस्तै काठमाडौं–९ को न्यु बिस्ट कस्मेटिक एन्ड ब्युटी पार्लर र काठमाडौं–७ को एटुजेड कस्मेटिकलाई समान ५०–५० हजार रुपैयाँ जरिबाना तिराएको छ भने काठमाडौं–१३ को श्री आरएन्डआर जनरल स्टोरलाई ५ हजार रुपैयाँ जरिबाना तिराइएको जनाएको छ ।
यस्तै विभागले आज अनुगन गरेकामध्ये काठमाडौं–३० को खुद्रा किराना पसललाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने १३ फर्मलाई सामान्य निर्देशन दिएको छ ।
प्रतिक्रिया 4