+
+
Shares

म्याद नाघेका पेय पदार्थ बेच्ने पिलग्रिम्स ग्रोसरीलाई २ लाख जरिबाना

वाणिज्य विभागका अनुसार अनुगमन क्रममा पिलग्रिम्स ग्रोसरीमा म्याद नाघेका कोक, फ्यान्टा लगायत पेय पदार्थ बिक्रीका लागि राखिएको फेला परेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य विभागले काठमाडौं स्वयम्भूस्थित पिलग्रिम्स ग्रोसरीले म्याद नाघेका कोक र फ्यान्टाजस्ता पेय पदार्थ बिक्री गरेको भेटिएपछि २ लाख १ हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १९ फर्म अनुगमन गर्दा २ फर्मलाई जरिबाना र १७ फर्मलाई सामान्य निर्देशन दिएको छ।
  • ललितपुर भैँसेपाटीस्थित आरएस किराना तथा ग्यास पसलले लेबल र मूल्यसम्बन्धी कानुनी प्रावधान नमान्दा १० हजार रुपैयाँ जरिबाना गरिएको छ।

११ चैत, काठमाडौं । म्याद नाघेका पेय पदार्थ बिक्री गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको भेटिएपछि काठमाडौं स्वयम्भूस्थित पिलग्रिम्स ग्रोसरी प्रालिलाई २ लाख १ हजार रुपैयाँ जरिबाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार गरेको बजार अनुगमन क्रममा उक्त ग्रोसरीले म्याद सकिएका सामग्री बेचेको पुष्टि भएपछि तत्कालै जरिबाना तिराएको हो ।

विभागका निरीक्षण अधिकृत अमितकुमार झाले अनुगमन क्रममा पिलग्रिम्स ग्रोसरीमा म्याद नाघेका कोक, फ्यान्टा लगायत पेय पदार्थ बिक्रीका लागि राखिएको फेला परेको बताए ।

‘कोक र फ्यान्टा जस्ता कोल्ड ड्रिंक्सको म्याद सकिसकेको अवस्थामा पनि बिक्री गरिरहेको भेटिएकाले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम तत्कालै २ लाख १ हजार रुपैयाँ जरिबाना गरेका हौं,’ उनले भने ।

ग्रोसरीले ऐनको दफा १६ (२) बमोजिमको कसुर गरेको र सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुर प्रमाणित भएकाले दफा ३९ (१) (ख) अनुसार कारबाही गरिएको विभागले जनाएको छ ।

त्यसैगरी ललितपुरको भैँसेपाटीस्थित आरएस किराना तथा ग्यास पसललाई पनि १० हजार रुपैयाँ जरिबाना गरिएको छ । उक्त पसलले लेबल र मूल्यसम्बन्धी कानुनी प्रावधान पालना नगरेकाले जरिबाना गरिएको हो ।

विभागले बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा रहेका १९ फर्म अनुगमन गरेको थियो । जरिबानामा परेका बाहेक अन्य १७ फर्मलाई भने सामान्य निर्देशन दिइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?