+
+
Shares

म्याद गुज्रिएको औषधि बेच्ने जमकटेल फर्मालाई २ लाख बढी जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएको औषधि बेच्ने जमकटेल फर्मालाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • ख्वप मिनी हार्डवेयरलाई २० हजार रुपैयाँ जरिबाना गरिएको छ भने अन्य ११ व्यापारिक फर्मलाई सामान्य निर्देशन दिइएको छ।
  • काठमाडौं र भक्तपुरका विभिन्न उद्योग र पसलहरूलाई व्यवसाय सुधार गर्न विभागले निर्देशन दिएको छ।

५ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएको औषधि बेच्ने एक फर्मालाई २ लाख बढी जरिबाना तिराएको छ ।

बिहीबार अनुगमनका क्रममा काठमाडौं सिनामंगलस्थित जमकटेल फर्माले म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जानकारी दिएको हो ।
त्यस्तै, अनुगमनकै क्रममा भक्तपुरको सल्लाघारीस्थित ख्वप मिनी हार्डवेयरलाई पनि २० हजार रुपैयाँ जरिबाना गरिएको छ ।

अनुगमन टोलीले जरिबाना बाहेक अन्य ११ वटा व्यापारिक फर्म तथा उद्योगहरूलाई भने व्यवसायमा सुधार गर्न सामान्य निर्देशन दिएर छाडेको छ ।

सामान्य निर्देशन पाउनेमा राजधानीका दुई ठूला ग्यास उद्योगहरू दक्षिणकाली–१, चालनाखेलस्थित एभरेष्ट ग्यास उद्योग र काठमाडौं–१६, बालाजुस्थित नेपाल ग्यास उद्योग छन् ।

काठमाडौं महानगरपालिका भित्रका बानिया किचन क्राफ्ट (कालिमाटी), सनराइज इलेक्ट्रोनिक्स (कालिमाटी), शर्मा ट्रेड एण्ड प्लाष्टिक सप्लायर्स (बाफल), आरएन ट्रेड कन्सर्न (त्रिपुरेश्वर) र इशिका सर्जिकल हाउस (त्रिपुरेश्वर) लाई पनि सामान्य निर्देशन दिइएको छ ।

भक्तपुरतर्फ सूर्यविनायक र मध्यपुर ठिमी क्षेत्रमा सञ्चालित अजिमा हार्डवेयर, भक्तपुर हार्डवेयर एन्ड सेनेटरी , मानन्धर हार्डवेयर सेन्टर र सोफिया एन्ड सोनिया ट्रेडर्सलाई अनुगमनका क्रममा सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?