+
+
Shares

वाणिज्य विभागको अनुगमन भाँडा पसलमा, साढे २ लाख जरिबाना

विभागले अन्य १४ फर्म तथा पसललाई सामान्य निर्देशन मात्रै दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १५ वटा फर्म तथा पसललाई नियम उल्लंघनमा २ लाख ४७ हजार ५ सय रुपैयाँ जरिबाना तिराएको छ।
  • सोमबार विभागको अनुगमन टोलीले २८ फर्म तथा पसल अनुगमन गरी अधिकतम खुद्रा बिक्री मूल्य ९एमआरपी० र मूल्यसूची नराख्ने फर्मलाई जरिबाना तिराएको हो।
  • काठमाडौं र ललितपुरका विभिन्न पसललाई ५५ हजारदेखि ५ हजार ५ सय रुपैयाँसम्म जरिबाना तिराइएको र अन्य १४ फर्मलाई सामान्य निर्देशन दिएको विभागले जनाएको छ।

२८ असोज, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १५ वटा फर्म तथा पसललाई जरिबाना तिराएको छ । विभागले नियममित अनुगमन अन्तर्गत सोमबार २८ फर्म तथा पसल अनुगमन गरेको थियो ।

विभागको अनुगमन टोलीले सोमबार अनुगमन क्रममा अधिकतम खुद्रा बिक्री मूल्य ९एमआरपी० र मूल्यसूची नराख्ने १५ फर्मलाई २ लाख ४७ हजार ५ सय रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले काठमाडौं महानगरपालिका–२२ को नन्दन फुड्स नेपाललाई ५५ हजार र काठमाडौं–२४ को तुलाधर ह्यान्डिक्राफ्टलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

यस्तै विभागको अनुगमन टोलीले काठमाडौं–२५ को हाम्रो मनकामना भाँडा पसललाई २० हजार रुपैयाँ तिराएको छ भने देवकुमारी भााडा पसल, आकाशजीमा ब्रास ट्रेडर्स, इन्द्रचोक ब्रास ट्रेडर्स, आतिथ्य हस्तकला एन्ड ब्रास ट्रेडर्स र मछिन्द्रनाथ हस्तकला घरलाई जनही १५ हजार रुपैयाँ जरिबाना तिराइएको जनाएको छ ।

यसैगरी काठमाडौं–२४ को जय श्री अन्नपूर्ण ट्रेडर्स र ललितपुर–१९ को पूजा भाँडा पसललाई जनही १० हजार रुपैयाँ तिराउँदा काठमाडौं–२५ को लोकेश्वर ब्रास ट्रेडर्सलाई ७ हजार र ललितपुर–१९ को लामा फेसन हिटलाई ५ हजार ५ सय जरिबाना तिराइएको छ ।

यस्तै ललितपुर–१२ को आरएन इन्टरप्राइजेज, प्या पखु खाद्यान्न स्टोर र काठमाडौं २४ को जेनिसा स्टोरलाई जनही ५ हजार रुपैयाँ जरिबाना तिराइएको छ ।

विभागले अन्य १४ फर्म तथा पसललाई सामान्य निर्देशन मात्रै दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?