+
+
Shares

इरानका ६ विमानस्थलमा आक्रमण गरेको इजरायली सेनाको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायली सेनाले इरानका छ वटा विमानस्थलहरूमा आक्रमण गरेको दाबी गरेको छ।
  • आक्रमणमा १५ वटा विमान नष्ट र रनवेहरूमा क्षति पुर्‍याइएको बताइएको छ।
  • इरानले यी आक्रमणहरूको पुष्टि गरेको छैन।

९ असार, काठमाडौं । इजरायली सेनाले इरानका छ वटा विमानस्थलहरूमा आक्रमण गरेको दाबी गरेको छ।

इजरायली सेनालाई उद्धृत गर्दै यी आक्रमणमा १५ वटा विमान नष्ट गरिएको दाबी गरेको उल्लेख गरेको छ । आक्रमणबाट केही विमानस्थलका रनवेहरूमा क्षति पुर्‍याइएको छ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले सामाजिक सञ्जालमार्फत दिएको जानकारीमा यी आक्रमणहरू इरानको पश्चिमी, पूर्वी र केन्द्रीय क्षेत्रमा रहेका विमानस्थलहरूमा गरिएको थियो।

इजरायली सेनाले यसबाट रनवे र भूमिगत बंकरहरूमा पनि क्षति पुगेको जिकिर गरेको छ ।

आईडीएफका अनुसार, ती हवाई आक्रमणमा एफ-१५ र एफ-५ लडाकु विमान, इन्धन भर्ने विमान र एएच-१ कोब्रा आक्रमण हेलिकप्टरहरू पनि ध्वस्त पारिएका छन्।

इरानले हालसम्म यी आक्रमणहरूको पुष्टि गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?