
News Summary
Generated by OK AI. Editorially reviewed.- नेप्से परिसूचक सोमबार ४ अंकले बढेर २६००.७६ अंकमा पुगेको छ।
- सोमबार १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको मूल्य घटेको छ।
- कारोबार रकम ६ अर्ब ४७ करोड रुपैयाँ भएको र आइतबारको तुलनामा कम रहेको छ।
९ असार, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार ४ अंकको सुधार आएको छ । गत साता मंगलबारदेखि निरन्तर घटेको नेप्से सोमबार बढेको हो ।
सोमबार नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने कमी आएको छ । कारोबार सुरु हुँदा २५९५.९७ अंकमा रहेको नेप्से बन्द हुँदा ४.७८ अंकले बढेर २६००.७६ अंकमा पुगेको छ । सोमबार नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि बढेको छ ।
सोमबार जोशी हाइड्रो कम्पनी र पञ्चकन्या माई हाइड्रो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । तर, गुँरास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
नेप्सेमा कारोबार भएका १ सय २३ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २४ कम्पनीको मूल्य घटेको छ । साथै, बैंक तथा फाइनान्स कम्पनीको सेयर मूल्यमा सुधार आएपछि त्यसको सकारात्मक प्रभाव समग्र नेप्से सूचकमा देखिएको हो ।
सोमबार नेप्सेमा कारोबार भएका समूहगत सूचकमध्ये बैंकिङ २.०६, फाइनान्स १७.०६, होटल ६०.५९, जलविद्युत् १४.८५, लगानी ०.४०, माइक्रोफाइनान्स ०.८६ र व्यापार समूह ९०.५१ अंकले बढेका छन् ।
तर, विकास बैंक ५.१९, जीवन बीमा ४९.६२, उत्पादनमूलक ४३.५४, सामूहिक लगानी कोष ०.०६, निर्जीवन बीमा २७.५९ र अन्य समूह ४.४८ अंकले घटेका छन् ।
त्यसैगरी सोमबार नेप्सेमा ३ सय २५ कम्पनीको ७० हजार ८ सय कारोबारबाट ६ अर्ब ४७ करोड रुपैयाँ बारबरको १ करोड ७५ लाख ८७ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।
सोमबारको कारोबार रकम आइतबारको तुलनामा करिब ३ अर्बले थोरै हो । आइतबार नेप्सेमा ९ अर्ब १४ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।
प्रतिक्रिया 4