+
+
Shares

काठमाडौं महानगरमा द्वन्द्व : आज बजेट नआउने

आन्तरिक छलफलमा मेयर बालेन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाको बजेट आज नआउने भएको हो किनभने कार्यपालिका बैठक अझै बस्न सकेको छैन।
  • मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईबीचको द्वन्द्वले बजेट तयारी प्रभावित भएको हो।
  • बैठकको आन्तरिक तयारी भइरहेको भए पनि आजका लागि कुनै बैठक बोलाइएको छैन।

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट आज नआउने भएको छ । असार १० गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि काठमाडौंको बजेट भने आज नआउने भएको हो ।

बजेटको तयारीस्वरुप बस्नुपर्ने कार्यपालिका बैठक अझै बस्न सकेको छैन । मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्व बढ्दै जाँदा यहाँको बजेट पनि अन्योलमा परेको हो ।

मेयर शाहको सचिवालयका एक सदस्यका अनुसार, बजेटबारे छलफल गर्नका लागि बैठक बोलाउनेगरी आन्तरिक तयारी भइरहेको छ ।

तर, आजका लागि भने कुनै बैठक नबोलाइएको ती सदस्यले अनलाइनखबरलाई बताए ।

‘आजका लागि बैठक बोलाइएको छैन । तर, कार्यपालिका र नगर सभा बोलाउनेगरी आन्तरिक छलफल भने भइरहेको छ,’ उक्त स्रोतले भन्यो ।

गत पुस १४ गतेयता महानगरपालिकाको नगर सभा बैठक बस्न सकेको छैन । कार्यपालिका सदस्यहरूले लगातार बजेट माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?