+
+
Shares

एकीकृत समाजवादीले शुक्रबार बोलायो सचिवालय बैठक

प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले समसामयिक राजनीतिक घटनाक्रम, आगामी रणनीतिलगायत एजेन्डामा छलफल गर्न सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १२:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीले शुक्रबार काठमाडौंको पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएको छ।
  • बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, रणनीति र माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा छलफल हुने छ।
  • अख्तियारले नेपालविरुद्ध विशेष अदालतमा दर्ता गरेको मुद्दाबारे पनि छलफल हुने जानकारी दिइएको छ।

११ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले शुक्रबारका लागि सचिवालय बैठक बोलाएको छ । एकीकृत समाजवादीले शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बोलाएको हो ।

प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले समसामयिक राजनीतिक घटनाक्रम, आगामी रणनीतिलगायत एजेन्डामा छलफल गर्न सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा दर्ता गरेको भ्रष्टाचारको मुद्दासम्बन्धमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

पतञ्जलि जग्गा प्रकरणमा संलग्न रहेको भन्दै अख्तियारले नेपालविरुद्ध विशेषमा मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?