
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले १२ असारमा काठमाडौंको जंगीअड्डा पुगेर सैनिक विशेष अदालतको निरीक्षण गरे।
- उहाँले सैनिक न्याय प्रणालीको काम र कारबाहीको समीक्षा गर्नुभएको थियो र उच्च अधिकारीहरुलाई निर्देशन दिनुभएको थियो।
- कार्यक्रममा पाटन उच्च अदालत र सर्वोच्च अदालतका अधिकारीहरू पनि सहभागी थिए।
१२ असार, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर सैनिक विशेष अदालतको निरीक्षण गरेका छन् ।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार, विशेष सैनिक अदालतको काम, कारबाहीको समीक्षा गर्दै वर्षेनि आयोजना हुने कार्यक्रममा प्रधानन्यायाधीश राउत उपस्थित भएका हुन् ।
‘वर्षेनि यो कार्यक्रम गर्ने र अदालतका उच्च अधिकारीहरुलाई पनि निमन्त्रण गर्ने परम्परा छ’, उनले भने, ‘त्यसअनुसार, पाटन उच्च अदालतका मुख्य न्यायाधीश, सर्वोच्च अदालतका रजिष्टार लगायत पनि आउनुभएको थियो ।’
सोही अवसरमा प्रधानन्यायाधीश राउतले सैनिक न्याय प्रणालीसँग सम्बन्धितहरुलाई विशेष निर्देशन समेत दिएको भनिएको छ । निरीक्षण भ्रमणको टोलीलाई जंगीअड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4