+
+
Shares

पत्रकार शम्भु श्रेष्ठ २५ हजार धरौटीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशेष अदालतले दृष्टि साप्ताहिक र अनलाइनका सञ्चालक शम्भु श्रेष्ठ र सम्पादक एमपी सुब्बालाई २५/२५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिए।
  • अदालतले दुवैजनालाई अदालतको अवहेलना गरेको भनी जारी प्रतिवेदनको आधारमा कारबाही अघि बढाएको हो।
  • सञ्चालक र सम्पादकलाई बयानका लागि बोलाउन आदेश दिइएको छ।

१२ असार, काठमाडौं । विशेष अदालतले दृष्टि साप्ताहिक एवं अनलाइनका सञ्चालक शम्भु श्रेष्ठ र सम्पादक एमपी सुब्बालाई २५/२५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले दुवैजनालाई २५ हजार रुपैयाँका दरले धरौटी मागेको हो ।

विचाराधीन मुद्दाबारे निरन्तर समाचार लेखेर अदालतको अवहेलना गरेको भनी कर्मचारीहरूले तयार पारेको प्रतिवेदनका आधारमा विशेष अदालतले अवहेलनाको कारबाही अघि बढाएको थियो ।

विशेष अदालतका सबै न्यायाधीश सम्मिलित वृहत इजलासले प्रतिवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि दृष्टिका सञ्चालक श्रेष्ठ र सम्पादक सुब्बालाई बयानका लागि बोलाउन आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?