
News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोम प्रस्थान गरेकी छन्।
- उनी खाद्य तथा कृषि संगठनको ४४ औं सत्रमा सहभागी हुन गएको छिन् ।
- सम्मेलनपछि उनी मिलान, ह्याम्बर्ग र बर्लिनमा आयोजना हुने कार्यक्रमहरूमा सहभागी हुने छिन्।
१३ असार, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको राजधानी रोम प्रस्थान गरेकी छन् ।
जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४ औं सत्रमा सहभागी हुन मन्त्री राणा शुक्रबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री राणाले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारी सहभागी छन् ।
उक्त सम्मेलनपश्चात परराष्ट्रमन्त्री डा. राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजित कार्यक्रमहरूमा सहभागी हुने छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4