
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय परीक्षा बोर्डले २०८१ को एसईईको नतिजा शुक्रबार सार्वजनिक गर्यो।
१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ ।
शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।
एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ ।
नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।
बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । अवर्गीकृत परीक्षार्थीको सङ्ख्या भने १ लाख ६७ हजार ५९७ रहेको छ ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
कसरी हेर्ने एसईईको नतिजा ?
राष्ट्रिय परीक्षा बोर्डकाअनुसार एसईई नतिजाको विस्तृत विवरण एसएमएस, आईभीआर र वेबसाइट प्रयोग गर्न स्वीकृति दिइएकोले सो सर्ट कोड र वेबसाइटबाट हेर्न सकिने जनाएको छ ।
एसएमएस र आईभीआरमार्फत यसरी हेर्ने
नेपाल टेलिकमको एसएमएस/यूएसएसडी र आईभीआरका लागि १६०० मा मेसेज गरेर हेर्न सकिन्छ । त्यस्तै, जानकी टेक्नोलोजी प्रालिको एसएमएस मार्फत हेर्न ३५००१, आकाश टेक प्रालिबाट हेर्न ३४४५५, अल स्टार आईटी सोलुसन्स प्रालिको लागि ३४९४९ मा एसएमएस गरेर हेर्न सकिन्छ ।
प्रतिक्रिया 4