+
+
Shares

खुमलटारमा १५ असार ‘सेलेब्रेसन’ (तस्वीरहरू)

रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले हिलोबाट तर्किएर देश नबन्ने बताए ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ असार १५ गते १२:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय धान दिवस १५ असारमा खुमलटारमा धान रोपाइँ गरी मनाइन्छ।
  • कृषिमन्त्री रामनाथ अधिकारीले हिलोबाट देश नबन्ने बताए र कार्यक्रमलाई सम्बोधन गरे।
  • असारमा धान रोप्ने परम्परा र लोकदोहोरी गाउने चलन छ, तर यस वर्ष वर्षाको अभावले प्रभावित भएको छ।

१५ असार, काठमाडौं । राष्ट्रिय धान दिवस ललितपुरको खुमलटारमा रोपाइँ गरी मनाइएको छ ।

कृषिमन्त्री रामनाथ अधिकारीको उपस्थितिमा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रियस्तरका कलाकार र कर्मचारीहरू पनि सहभागी थिए ।

रोपाइँ स्थलमा मौलिक पहिरानमा सजिएका महिलाहरूको टोलीले पञ्चेबाजा बजाएको थियो ।

कृषिमन्त्री अधिकारीले मेसिनमार्फत् धान रोप्दा अरूले हातैले धान रोपे ।

रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले हिलोबाट तर्किएर देश नबन्ने बताए ।

मानो खाएर मुरी उब्जाउने दिनको रूपमा मनाइने १५ असारमा दही चिउरा खाने चलन पनि छ ।

२९ मंसिर २०६१ मा मन्त्रीस्तरीय निर्णय गरी १५ असार २०६२ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । खुमलटारस्थित धानबाली अनुसन्धान केन्द्रको परिसरमा हरेक वर्ष धान रोप्ने चलन छ ।

कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । धान रोप्ने क्रममा ‘छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ जस्ता असारे भाकामा गाउने गरिन्छ ।

मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?