
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले राष्ट्रिय सभामा मन्त्रालयको नाम परिवर्तन गर्न सुझाव दिए।
- उनीहरूले शहरी विकास मन्त्रालयको नाम ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय राख्न प्रस्ताव गरे।
- सांसद मिश्रले काम अनुसार नाम मिलाउन सुझाव दिए ।
१५ असार, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले शहरी विकास मन्त्रालयको नाम परिवर्तन गरी ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय राख्न सुझाव दिएका छन् ।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद मिश्रले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री भएको बेला मन्त्रीपरिषद् बैठक बोलाएर नाम परिवर्तन गर्न सुझाव दिएका हुन् ।
‘‘म शहरी विकास मन्त्रालयको बारेमा धेरै भन्न चाहन्न । काम र नाम मिलेन कि ?,’ उनले भने, ‘तसर्थ ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय यसको नाम राख्नुपर्छ ।’
उनले अगाडि थपे, ‘अहिले त उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री अहिले कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ । आफैँ भएको बेलामा क्याबिनेट राखेर यसको नाम बदल्दाखेरी जस्तो कामहरू भएको छ त्यो सजिलो हुन्छ कि ?’
सांसद मित्रश्रले राजश्व चुहावटमा कडा ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए । वनलाई नोक्सान पुर्याइरहेका रुख कटान गरी उपयोग गर्न पनि उनले सुझाए ।
सांसद मिश्रले काठमाडौंका नदीनाला र खोला स्वच्छ र सफा राख्न स्थानीय जनपरिचालन आवश्यक रहेको बताए ।
प्रतिक्रिया 4