
News Summary
Generated by OK AI. Editorially reviewed.- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयकको विरोध गर्दै बैठक बहिष्कार गरे।
- उनले विधेयकले सबै नागरिकलाई समान नदेख्ने र कमजोर पक्षको सुरक्षा नगर्ने आरोप लगाए।
- साहले विधेयकको प्रति च्याते र त्यसको विरोधमा रोष्ट्रमबाटै बाहिरिए।
१५ असार, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयकको प्रति च्यातेका छन् ।
संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान रुपमा नहेरेको भन्दै उनले विधेयकको प्रति नै च्यातेका हुन् । निजामती विधेयकपास भएको साक्षी आफू रहन नसक्ने भन्दै उनले रोष्ट्रममै विधेयकको प्रति च्याते ।
‘अब गरिबले लोकसेवा दिन नपाउने ?’ साहले भने, ‘कित भन्नुपर्यो अब कसैले ट्वाइलेटमा सफा गर्ने छैन । पिउनको काम कसैले गर्ने छैन । ड्राइभरको काम कसैले गर्ने छैन । गर्नेछ भने तिनको जीवन जीवन होइन ?’
विधेयकले कमजोर पक्षको सुरक्षा गर्नुपर्नेमा तल्लो तहमा काम गर्नेको सुरक्षा निजामती विधेयकले नगरेको बताए ।
‘तर आज तिनलाई (तल्लो स्तरमा काम गर्ने श्रेणिविहीन कर्मचारीलाई) रुवाउने विधेयक हामीलाई स्वीकार्य छैन’ साहले थपे, ‘नेपाली जनतालाई रुवाउने कामको साक्षी म बन्न सक्दिनँ । सांसदहरूलाई पनि नबन्नुहोस् भनेर आग्रह गर्न चाहन्छु ।’
यति भनेर उनले बैठक बहिष्कार गर्ने जानकारी गराउँदै निजामती विधेयकको प्रति च्यातेर रोष्ट्रमबाट हिँडे ।
प्रतिक्रिया 4