+
+
Shares

रोपाइँपछि खोकना (तस्वीरहरू)

१५ असारसम्म ललितपुर खोकना क्षेत्रका अधिकांश भू-भागमा पनि धान रोपाइँ सकिएको छ । रोपाइँपछि खोकना क्षेत्रको दृश्य मनमोहक देखिएको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ असार १५ गते २१:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आज राष्ट्रिय धान दिवस मनाइँदैछ, सरकारी तथा गैरसरकारी प्रतिनिधिहरू पनि किसानले धान रोपिरहेको खेतमा सरिक भएर धान दिवस मनाइरहेका छन्।
  • असार दोस्रो सातासम्म देशभरि १५ प्रतिशत मात्र धान रोपाइँ भएको विभागले जनाएको छ।
  • सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ४५.५ प्रतिशत धान रोपाइँ भएको छ।

१५ असार, काठमाडौं । आज राष्ट्रिय धान दिवस । सरकारी तथा गैरसरकारी पक्षका प्रतिनिधिहरू पनि धान रोपाइँमा किसानसँगै खेतमा सरिक भएर धान दिवस मनाइरहेका छन् ।

ललितपुर खोकना क्षेत्रका अधिकांश भू-भागमा पनि धान रोपाइँ सकिएको छ । रोपाइँपछि खोकना क्षेत्रको दृश्य मनमोहक देखिएको छ । धान रोपाइँपछि खेतका फाँटहरूमा हरियाली छाएको छ । हरियालीका कारण खोकना क्षेत्रका खेतका फाँटहरू आकर्षक र रमणीय देखिएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार असार दोस्रो सातासम्म देशभरि १५ प्रतिशतमात्र धान रोपाइँ भएको छ ।

विभागको तथ्यांक अनुसार १३ असारसम्म १ करोड ३९ लाख १३ हजार २१ हेक्टरमध्ये २ लाख १७ हजार २ सय ८९ हेक्टरमा मात्र रोपाइँ भएको छ ।

गत वर्ष १४ असारसम्म १७.२ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष सोही अवधिमा १५.६ प्रतिशत मात्रै भएको छ ।

सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । त्यहाँ कुल रोपाइँ क्षेत्रफलको ४५.५ प्रतिशतमा रोपाइँ सम्पन्न भएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै कर्णाली प्रदेशमा ३९.१ प्रतिशत, लुम्बिनी ९.७, गण्डकी १३.८, बागमती २०.५, मधेस ३.९ र कोशी प्रदेशमा १४.३ प्रतिशत रोपाइँ भएको छ ।

मधेश प्रदेशका सप्तरी, रौतहट र महोत्तरी जिल्लाको विवरण आउन बाँकी रहेको विभागले जनाएको छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?