
News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक पारित गर्न प्रयास गरियो।
- विवादित विषयमा सहमति नहुँदा बैठक स्थगित भयो र शिक्षामन्त्री र समितिका सभापतिले सहमति खोज्ने प्रयास गरे।
- बैठक स्थगित भएपछि सांसद सुमना श्रेष्ठले आफ्नो साथमा ल्याएको योमरी बाँडिन् र विधेयक पारित नभएकोमा दुःख व्यक्त गरिन्।
१६ असार, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकबाट विद्यालय शिक्षा विधेयक आज पारित गर्ने अन्तिम तयारी थियो । यही तयार अनुसार समिति सभापति अम्मरबहादुर थापाले सोमबार बिहान साढे ८ बजे बैठक डाकेका थिए ।
तर दिनभरिको रस्साकस्सीपछि पनि विधेयकका विवादित विषयमा सहमित जुट्न सकेन ।
शिक्षामन्त्री रघुजी पन्त र समिति सभापति थापा सहमतिको विन्दु पहिल्याउन दिनभरि दौडधुप गरे । तर, यसले सार्थकता पाउन सकेन । अन्ततः सोमबार दिउँसो ४ बजेमात्रै बैठक सुरु भयो ।
बैठकमा शिक्षामन्त्री पन्तले परिस्थिति जटिल बनेको भन्दै बैठक स्थगित गर्न आग्रह गरे । शिक्षक महासंघका प्रतिनिधिहरूले केही असन्तुष्टि राखेको भन्दै उनले केही दिन विधेयक पास गर्नका लागि समय मागे ।
शिक्षामन्त्री पन्तको आग्रहमा समिति सभापति थापाले अहिलेसम्मको सहमतिबाट ब्याक नहुने गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगितको घोषणा गरे ।
बैठक स्थगित भएको घोषणासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ निराश बनिन् । उनले आफ्नो साथमा ल्याएको योमरी बाँड्न थालिन् । उनले भनिन्, ‘शिक्षा विधेयक पारित गरेपछि यमरी खुवाउने भनेर ल्याएकी थिएँ । तर पास भएन । पास नभए पनि योमरी खुवाइयो । पास गरेर खान पाएको भए हुन्थ्यो । कस्तो दुःख लाग्यो ।’
प्रतिक्रिया 4