+
+
Shares

सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा बन्द

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमतिपत्र सेवाहरू बन्द गरेको जनाएको छ।
  • विभागले प्रणालीमा समस्या आएको र समाधानको प्रयास भइरहेको जानकारी दिएको छ।
  • अर्को सूचना नआएसम्म सबै सम्बन्धित सेवाहरू बन्द रहनेछ।

२० असार, काठमाडौं । सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि लाइसेन्ससँग सबन्धित सबै सेवाहरू आजदेखि बन्द भएका छन् ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि बन्द गरेको जनाएको छ ।

‘… सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्‍यहोरा जानकारी गराइन्छ।’ विज्ञप्तिमा भनिएको छ ।

विभागले उक्त समस्याको समाधान कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द रहने उल्लेख गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?