
२० असार, काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय सदस्य प्रतिमा गौतमले दललाई कमजोर बनाउन पार्टीकै नेताहरु लागेको बताएकी छन् ।
पार्टी केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा गौतमले कमजोरी मूल्यांकन नगरी दोषारोपण गर्ने प्रवृत्ति पार्टीमा रहेको उनले बताइन् ।
‘कसैले कसैलाई दोषारोपण गरेर यो बैठकको औचित्यता रहन्छ जस्तो मलाई लाग्दैन । आफूले गरेको कामको जिम्मेवारी आफैले लिनुपर्दछ,’ गौतमले भनिन्,‘अरुलाई खुइल्याएर, धम्क्याएर केही हुन्छ जस्तो मलाई लाग्दैन ।’
केन्द्रदेखि तल्लो तहसम्म सबै नेताहरु जिम्मेवार हुन नसके पार्टी कमजोर हुने उनले बताइन् । पार्टी नेताहरुले आफ्नै दल कमजोर हुने गरी सामाजिक सञ्जालमा विचारहरु राखिरहेको गौतमले बताइन् । ‘त्यसरी लेख्दा कांग्रेसलाई कहाँ पुर्याउँछ ? आफ्नै पार्टीलाई खुल्याउँदा संगठन बन्छ त?,’ उनले प्रश्न गरिन् ।
अन्य दलबाट कांग्रेस माथि आक्रमण बढीरहेको बेला पार्टी कमजोर गर्ने गरी बोल्ने कार्य मान्य नहुने उनले बताइन् ।
प्रतिक्रिया 4