+
+
Shares

टेक्सास बाढी : मृतकको संख्या ८० पुग्यो, मौसम पूर्वानुमान कमजोर भन्दै ट्रम्पको आलोचना

राष्ट्रपति ट्रम्पले संघीय आपतकालीन भूमिका घटाउने योजना बनाउँदै आएको उल्लेख गर्दै केही विज्ञहरूले राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासनमा गरिएको जनशक्ति कटौतीले बाढी पूर्वानुमानमा प्रभाव पारेको हुनसक्ने टीप्पणी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते ०:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको टेक्सासमा आएको बाढीले ८० जनाको मृत्यु भएको छ, जसमा २२ बालबालिका रहेका छन्।
  • बाढीको कारण नदीको सतह ६ फिटले बढेको थियो, र अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन्।
  • राष्ट्रपति ट्रम्पले प्रकोप घोषणाको आदेश दिएका छन्।

२४ असार, काठमाडौं । अमेरिकाको मध्य टेक्सासमा आएको विनाशकारी बाढीमा परि मृत्यु हुनेको संख्या ८० पुगेको छ । मृत्यु हुनेमा ४८ जना वयस्क र २२ जना बालबालिका समेत छन् ।

गएको शुक्रबार बिहानदेखि अत्यधिक वर्षा हुँदा टेक्सासको ग्वाडालुपे नदीको सतह ४५ मिनेटमै ६ फिट बढेको थियो ।

बाढीपछि अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् र उद्धार टोली अझै जीवितहरू खोज्न प्रयासरत रहेका समाचार संस्था रोयटर्सले जनाएको छ ।

क्याम्प मिस्टिक नामक एक ईसाई बालिकाहरुको शिविरमा सहभागी बालिकाहरूको मृत्यु पुष्टि गर्दै शिविर प्रशासनले सोमबार एक विज्ञप्ति जारी गरेको छ ।

‘हाम्रो हृदय टुटेको छ, यस अकल्पनीय पीडामा परेका परिवारहरूसँग हामी एक साथ छौं,’ शिविरको विज्ञप्तिमा भनिएको छ ।

बालिकाहरु बचाउनेक्रममा शिविरका सह–संस्थापक तथा निर्देशक ७० वर्षीय रिचर्ड ‘डिक’ ईस्टल्याण्डको पनि बाढीमा ज्यान गएको छ ।

कर काउन्टीमा शुक्रबार बिहानको भारी वर्षा पछि करिब एक शताब्दी पुरानो सो क्याम्प बगाएको छ । उक्त शिविरकी एक सल्लाहकार र १० बालिकाहरुको अवस्था अझै अज्ञात छ ।

टेक्सासका सिनेटर टेड क्रूजले भने, ‘टेक्सास अहिले शोकमा छ, यी केही दिनमा घटेको घटनाले हाम्रो राज्यको मन टुटाएको छ ।’

 मौसम अझै प्रतिकूल, बाढीको चेतावनी

हिल काउन्टी क्षेत्रमा थप २ देखि ४ इन्चसम्म वर्षा हुने सम्भावना रहेको अमेरिकी मौसम पूर्वानुमान केन्द्रकी मौसम विज्ञ एलिसन सान्टोरेलीले बताइन् । उनका अनुसार केही स्थानमा १० इन्चसम्म वर्षा हुने पूर्वानुमान गरिएको छ ।

मौसम सेवा कार्यालयले सोमबार बेलुकी ७ बजे (स्थानीय समयअनुसार) सम्मको लागि कर काउन्टीमा पुन: बाढी आउनसक्ने चेतावनी जारी गरेको छ ।

मौसम पूर्वानुमान कमजोर भएको भन्दै आलोचना

अधिकारीहरुका अनुसार अनुमानित भन्दा दोब्बर वर्षा हुँदा ग्वाडालुपे नदीको दुई शाखा एकै ठाउँमा मिसिएर तीव्र वेगमा एकल धार बनेर बग्दा बाढीले विनाशकारी रुप लिएको हो ।

टेक्सासका गभर्नर ग्रेग एबट र अन्य अधिकारीहरूले मौसम पूर्वानुमान तथा चेतावनी प्रणालीको प्रभावकारितामाथि पुनरावलोकन गरिने प्रतिक्रिया दिएका छन् । अहिले पनि उद्धार कार्यलाई जारी राखिएको अधिकारीहरुले बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार टेक्सासमा प्रकोप घोषणाको आदेश दिएका छन । घोषणापछि संघीय आपतकालीन व्यवस्थापन एजेन्सी (फेमा) ले सक्रियता देखाएको छ ।

अमेरिकी कोस्ट गार्डका हेलिकोप्टर र विमानहरूले पनि खोज तथा उद्धारमा सहयोग गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पले संघीय आपतकालीन भूमिका घटाउने योजना बनाउँदै आएको उल्लेख गर्दै केही विज्ञहरूले राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासनमा गरिएको जनशक्ति कटौतीले बाढी पूर्वानुमानमा प्रभाव पारेको हुनसक्ने टीप्पणी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले भने संघीय तहका कर्मचारी कटौतीले बाढी पूर्वानुमानमा असर पारेको भन्ने आरोप अस्वीकार गरेका छन् । टेक्सासले यस्तो प्रकोप १०० वर्षपछि बेहोरको भन्दै उनले सरकारको कामकारबाहीको बचाउ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?