+
+
Shares

कांग्रेसको दबाबपछि संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १३:०१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदको बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’लाई हटाइएको छ।
  • सत्ता साझेदार नेपाली कांग्रेसले विधेयकमा थप छलफल आवश्यक रहेको भन्दै पारित गर्न नहुने अडान राखेको थियो।
  • बैठकमा महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन र संवैधानिक परिषद् विधेयकको विचार गरिने तय भएको छ।

२५ असार, काठमाडौं । प्रतिनिधिसभाको कार्यसूचीमा रहेको ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई हटाइएको छ ।

सत्ता साझेदार नेपाली कांग्रेसले विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै पारित गर्न नहुने अडान राखेको थियो । विधेयकलाई संसदीय समितिमा लगेर छलफल गर्नुपर्ने कांग्रेस सांसदहरूको माग छ । विधेयकमा संशोधन गर्ने कांग्रेस सांसदहरूले कार्यसूचीमा नराख्न दबाब दिएका थिए ।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ लाई दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची राखिएको थियो ।

आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले ‘महिला तथा मामिला समितिको वार्षिक प्रतिवेदन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री किशोर साह सुडीले बालबालिका सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

साथै, सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट संशोधन सहित आएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?