
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बजेट प्रक्रियाको गतिरोधपछि कार्यपालिका बैठक आह्वान गरेका छन्।
- कार्यपालिका बैठक शुक्रबार दिउँसो २ बजे बोलाइएको छ र बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ।
- बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ।
२६ असार, काठमाडौं । लामो समयदेखि बजेट प्रक्रियामा देखिएको गतिरोधपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कार्यपालिका बैठक आह्वान गरेका छन्।
कार्यपालिका बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंले जानकारी दिए ।
कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने बजगाईंले जानकारी दिए । उक्त बैठक लगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।
यी प्रक्रिया पूरा गरेपछि दिउँसो २ बजे बोलाइएको कार्यपालिका बैठक बोलाइएको हो ।
बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ ।
मेयर बालेन र प्रमुख कार्यकारी अधिकृत बीचको असमझदारीका कारण काठमाडौं महानगरपालिकाले संविधानले तोकेको मितिमा बजेट ल्याउन नसकेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4