
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा घर किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड पुर्याएको छ।
- गभर्नर विश्वनाथ पौडेलले घरजग्गा खरिदमा बैंकले मूल्यांकनको ७० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था गरिएको घोषणा गरेका छन्।
- यसअघि घरजग्गाको मूल्यांकनमा ५० प्रतिशत मात्र ऋण दिने व्यवस्था थियो जुन अब ७० प्रतिशत कायम गरिएको छ।
२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गामा लचिलो नीति लिएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले व्यक्तिलाई घर किन्न दिइने आवासीय घर कर्जाको अधिकतम सीमा ३ करोड पुर्याइएको घोषणा गरे । यसअघि यस्तो कर्जा सीमा २ करोडको थियो ।
पहिलो पटक घर किन्नेलाई मूल्यांकनको ८० प्रतिशतसम्म आवासीय कर्जा दिइने भएको छ । यसअघि यस्तो कर्जा सीमा ७० प्रतिशत थियो ।
त्यस्तै घरजग्गा खरिदमा दिइने कर्जाको सीमा पनि बढाइएको छ । यसअघि घरजग्गाको मूल्यांकनमा ५० प्रतिशत मात्रै बैंकले ऋण दिने गरेकोमा त्यसलाई बढाएर ७० प्रतिशत कायम गरिएको छ । अब मूल्यांकनको ७० प्रतिशतसम्म बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4