+
+
Shares

विपक्षी दलद्वारा छैटौं दिन पनि मधेश प्रदेशसभा बैठक अवरोध

सभामुखले दिए बजेटको त्रुटि सच्याउने कार्यदल संयोजकबाट राजिनामा

उनले समय अभावका कारण त्रुटि सच्याउन नसकिने भन्दै प्रतिपक्षलाई छलफल मार्फत विवाद समाधान गर्न आग्रह गरे पनि सहमति नजुटेपछि राजीनामा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २८ गते १६:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेश सभाको बैठक विपक्षी दलको अवरोधका कारण छैटौं दिन पनि स्थगित भएको छ।
  • प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपनेता युवराज भट्टराईले बजेटमा भएका त्रुटि नसच्याइएसम्म बैठक अवरोध गर्ने बताए।
  • सभामुख रामचन्द्र मण्डलले बजेट त्रुटि सच्याउन गठित कार्यदलको संयोजकबाट राजीनामा दिएका छन्।

२८ असार, जनकपुरधाम । विपक्षी दलको अवरोधले मधेश प्रदेश सभाको बैठक शनिबार छैटौं दिन पनि स्थगित भएको छ ।

शनिबार बैठक सुरु भएलगतै प्रतिपक्षी  नेकपा माओवादी केन्द्रको दलका उपनेता युवराज भट्टराईले बजेटमा रहेको त्रुटि नसच्याइएसम्म अवरोध गर्ने बताए ।

उनले कार्यदलमा मन्त्रीसमेत रहेकाले स्वीकार नगर्ने बताएका छन् । यसपछि सभामुख रामचन्द्र मण्डलले आर्थिक वर्ष २०८२/८३ को बजेटमा देखिएका त्रुटि सच्याउन बनेको कार्यदलको संयोजकबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहको आग्रहमा गठित ६ सदस्यीय कार्यदलमा भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवलाई राखिएपछि प्रतिपक्षले आपत्ति जनाउँदै लगातार अवरोध गरेपछि मण्डलले संयोजकत्वबाट पन्छिने निर्णय गरेका हुन् ।

उनले समय अभावका कारण त्रुटि सच्याउन नसकिने भन्दै प्रतिपक्षलाई छलफलमार्फत विवाद समाधान गर्न आग्रह गरे पनि सहमति नजुटेपछि राजीनामा गरेका हुन् ।

राजीनामा दिंदै उनले कार्यदलमा मन्त्री रहने अभ्यास विगतमा नभएको स्वीकार्दै कार्यदलमा सरकारलाई अल्पमतमा पनि नरहने गरेको जिकिर गरे ।

गत बिहीबार प्रदेश सभामा सभामुख मण्डलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । तर त्यसमा सरकारका भौतिक पूर्वाधार विकासमन्त्री यादवलाई राखेपछि विपक्षी दलले प्रश्न उठाइरहेका छन् ।

विपक्षी दलले मन्त्री रहेसम्म कार्यदल नस्वीकार्ने र माग पूरा नभएसम्म अवरोध जारी राख्ने बताएपछि सभामुख मण्डलले १० मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?