+
+
Shares

समयमै बजेट ल्याउन नसकेकोमा उपमेयर डंगोलको क्षमायाचना

‘फेरि एकढिक्का भएर उपस्थित भएका छौं’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १५:५६

२९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको भन्दै क्षमा मागेकी छिन् ।

आइतबार महानगरको १७ औं नगरसभाको पहिलो बैठकमा बजेट प्रस्तुत गर्ने क्रममा उनले महानगरवासी र सरोकारवालाहरूसँग क्षमा मागेकी हुन् ।

‘समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्न नसकेकोमा मेरो व्यक्तिगत, नगरसभाका सदस्यको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना गर्दछौं,’ उपप्रमुख डंगोलले भनिन् ।

यसबीचमा केही तितामिठा अनुभव भए पनि मन्थन हुँदै समाधानतर्फ गएको उनले बताइन् ।

‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको समयसीमा भन्दा हामी केही ढिला भएका छौं । विगतका दिनहरूमा हामीबीच केही अविश्वास, तितामिठा अनुभव प्रस्तुत भए,’ उनले भनिन्, ‘आरोप प्रत्यारोप पनि भए । सबै कुरा मन्थन हुँदै गएको छ । समस्याको समाधान पनि हुँदै गएको छ । आज हामी फेरि एकढिक्का भएर गरिमामय सभामा उपस्थित भएका छौं ।’

संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?