
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले ३२ असारका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार रुपैयाँ निर्धारण गरेको छ।
- सुनको भाउ बुधबार तोलामा १३ सय रुपैयाँ घटेको छ र अघिल्लो दिन १ लाख ९३ हजार ३ सय रुपैयाँ थियो।
- चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेर २२६० रुपैयाँमा पुगेको छ।
३२ असार, काठमाडौं । बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ३ सय रुपैयाँ थियो ।
यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको २२७५ रुपैयाँमा कारोबार भएको चाँदी आज २२६० रुपैयाँमा झरेको छ । यसअघि गत सोमबार चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला २३१५ रुपैयाँ पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4