+
+
Shares

पार्टीविरुद्ध फेसबुकमा लेखेको भन्दै कांग्रेसले सोध्यो स्पष्टीकरण

कांग्रेस अनुशासन समितिले सामाजिक सञ्जालमा पार्टी हितविरुद्ध स्टाटस, कमेन्ट र लाइक गर्ने नेताहरूलाई धमाधम स्पष्टीकरण सोध्न सुरु गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १८:४०
बायाँबाट क्रमशः झविन्द्र ज्ञवाली र राधेश्याम पाठक ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको अनुशासन समितिले सामाजिक सञ्जालमा पार्टी हित विरुद्ध स्टाटस, कमेन्ट र लाइक गरेको भन्दै धमाधम स्पष्टीकरण सोध्न सुरु गरेको छ।
  • समितिका संयोजक आनन्द ढुङ्गानाले नवलपरासीका पार्टी प्रवक्ता राधेश्याम पाठकलाई पार्टी नेतृत्व विरुद्ध अमर्यादित शब्द प्रयोग गरेको भन्दै २७ असारमा स्पष्टीकरण मागेका छन्।
  • अनुशासन समितिले लुम्बिनी प्रदेश सदस्य विष्णु पोखरेललाई गत निर्वाचनमा अन्तर्घात गरेको उजुरीका आधारमा स्पष्टीकरण सोधेको छ।

३२ असार, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले सामाजिक सञ्जालमा पार्टी हित विरुद्ध स्टाटस, कमेन्ट र लाइक गरेको भन्दै धमाधम स्पष्टीकरण सोध्न सुरु गरेको छ ।

समितिका संयोजक आनन्द ढुङ्गानाले नवलपरासीका पार्टी प्रवक्ता एवं महासमिति सदस्य राधेश्याम पाठकलाई स्टाटस लेखेको आधारमा स्पष्ट पारिदिन पत्र लेखेका छन् ।

ढुङ्गानाले लेखेको पत्रमा पाठकले पार्टी नेतृत्व विरुद्ध अमर्यादित शब्दहरू प्रयोग गरेर स्टाटस लेखेको उल्लेख गरेका छन् ।

सात दिनभित्र स्पष्टीकरण माग गरी २७ असारमा ढुङ्गानाले पाठकलाई पत्र पठाएका हुन् ।

राधेश्याम पाठकले लेखेको स्टाटस ।

१० वैशाख २०८० मा तनहुँमा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई सामाजिक सञ्जालमा मत मागेको भन्दै झविन्द्र ज्ञवालीसँग स्पष्टीकरण सोधिएको छ । ज्ञवाली नवलपरासी जिल्ला समितिका सदस्य हुन् । रास्वपाका उपसभापति वाग्लेले लेखेका स्टाटसमा पार्टीहित विपरीत कमेन्ट गरिएको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ ।

झविन्द्र ज्ञवालीले गरेको कमेन्ट ।

अनुशासन समितिले लुम्बिनी प्रदेश समिति सदस्य विष्णु पोखरेललाई आज (३२ असारमा) स्पष्टीकरण सोधेको छ ।

गत निर्वाचनमा अन्तर्घात गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो । रुपन्देही–५ का क्षेत्रीय सभापति बसिउल्लाह मुसलमानको उजुरीको आधारमा स्पष्टीकरण सोधिएको अनुशासन समितिले जनाएको छ । सात दिनभित्र यथार्थ र चित्तबुझ्दो स्पष्टीकरण प्राप्त नभए विधान अनुसार प्रक्रिया अघि बढ्ने पत्रमा उल्लेख छ ।

स्पष्टीकरण सोधिएकाहरू पार्टीमा संस्थापनइतरका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?