
२ साउन, काठमाडौं । विश्व भेटेरिनरी एशोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एशोसिएसनको प्रतिनिधित्व गर्दै पूर्वअध्यक्ष डा. सितलकाजी श्रेष्ठले सम्बोधन गरेका छन् ।
संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डिसिमा भएको उक्त महासभामा डा. श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसनको पनि प्रतिनिधित्व गरेका थिए ।
महासभामा सम्बोधन गर्दै डा. श्रेष्ठले नेपालमा पशु चिकित्सकहरुले गरेको योगदानको चर्चा गर्दै नेपालमा पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न अन्य राष्ट्रहरुसँग सहकार्यको आह्वान गरे ।
साथै विश्व भेटेरिनरी एशोसिएसनको कुनै पनि खालको कार्यक्रम नेपालले आयोजना गर्न सदैव तयार रहेको बताए ।
डा. श्रेष्ठ सार्क भेटेरिनरी एशोसिएसनको महासचिव समेत हुन् । सम्बोधनकै क्रममा डा. श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसन चाँडै विश्व भेटेरिनरी एशोसिएसनको सदस्यता लिने प्रतिबद्धता व्यक्त गरे ।
जुलाई १८ मा भएको महासभामा ९० रास्ट्रबाट सहभागिता भएको थियो । नेपाल लगायत अन्य ४ राष्ट्रबाट उक्त महासभामा सम्बोधन भएको थियो ।
महासभामा डा. श्रेष्ठले श्रीलङ्का, ताइवान, जापान, कोरिया र फिलिपिन्स भेटेरिनरी एशोसिएसनको अध्यक्षहरुसँग शिष्टाचार भेटघाट समेत गरे ।
२०२५ को महासभा जापनको टोकियोमा हुनेछ । नेपाल सन् १९९८ बाट विश्व भेटेरिनरी एशोसिएसनको सदस्य राष्ट्र भएको हो ।
प्रतिक्रिया 4