
४ साउन, काठमाडौं । पर्वतमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।
मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा एकतले घर पुरिंदा एक दम्पती पुरिएर बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती रहेको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार बुहारी ३२ वर्षीया पवित्रा भने हाम फालेर बचेकी छन् ।
वर्षासँग आएको बाढी र पहिरोले सडक र खेतीयोग्य जमिनमा क्षति पुर्याएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
अत्यधिक वर्षा भएको यस क्षेत्रका खोलाहरूमा पनि बाढीको बहावले खतराको तह पार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4