News Summary
Generated by OK AI. Editorially reviewed.- पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ७५ वर्षीय पूर्णबहादुर दर्जीको मृत्यु भएको छ।
- दर्जीलाइ उपचारका लागि प्रदेश अस्पताल पर्वतमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
- जिल्ला प्रहरी कार्यालय पर्वतले घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ।
१० चैत, पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आज दिउँसो मृत्यु भएको हो ।
घर नजिकै रहेको दगदगेको रुख काट्ने क्रममा सोही रुख ढलेर च्यापिँदा गम्भीर घाइते भएका दर्जीलाई उपचारका लागि प्रदेश अस्पताल पर्वतमा ल्याइएकामा चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए ।
रुख ढलेर च्यापिएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र स्थानीय बाच्छा प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो ।
दिउँसो ४ः३० मात्रै प्रदेश अस्पतालमा ल्याइपुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया 4