+
+
Shares

साउनको पहिलो सोमबार पशुपतिमा भक्तजनको भीड (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ साउन ५ गते ९:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आज साउन महिनाको पहिलो सोमबार काठमाडौंको पशुपति, कुम्भेश्वर र डोलेश्वर शिवालयमा श्रद्धालुको घुइँचो लागेको छ।
  • पशुपति क्षेत्र विकास कोषले आज पाँच लाख भक्तजनले दर्शन गर्ने अनुमान गरेको छ।
  • कोषले साउनका चारवटै सोमबार चक्रपथमा नि:शुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ।

५ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, काठमाडौंको पशुपति लगायत शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ ।

हिन्दुधर्मावलम्बीहरुले साउन महिनाको हरेक सोमबारलाई भगवान शिवको प्रिय बार मानेर व्रत बस्ने र शिवको पूजाआराधना गर्ने गर्दछन् ।

यस वर्षको साउन महिनामा चारवटा सोमबार परेका छन् । हरेक सोमबारको दिन व्रतालुहरु बिहानै नुहाएर शिवलिङ्गमा जल र दूध चढाउँछन् । अनि बेलपत्र, धतुरो, विभिन्न फूल, फल लगायतका प्रसाद चढाएर पूजा गर्दछन् ।

यसरी शिवको पूजा गरेमा अटल सौभाग्य प्राप्त हुने, मनोकांक्षा पूरा हुने, पारिवारिक सुख, शान्ति एवं समृद्धि मिल्ने धार्मिक विश्वास छ ।

साउनको पहिलो सोमबारको दिन आज काठमाडौंको पशुपति, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा श्रद्धालुको घुइँचो लागेको छ । उनीहरु लामबद्ध भएर पूजाआजा गरिरहेका छन् ।

पशुपति दर्शन गर्न जानेहरुलाई नि:शुल्क बस सेवा

श्रद्धालुहरुलाई सहज रुपमा पूजाआजाको प्रबन्ध मिलाउने उद्देश्यले पशुपतिनाथका चारै ढोका आज बिहान तीन बजेदेखि नै खुला गरिएको थियो ।

पशुपति क्षेत्र विकास कोषले आज दिनभर पाँच लाख भक्तजन मूल मन्दिर प्रवेश गरेर दर्शन गर्ने पूवानुमान गरेको छ ।

कोषले यस वर्षदेखि साउनको सोमबार पशुपतिनाथको दर्शन गर्न आउनेका लागि चक्रपथमा नि:शुल्क बसको व्यवस्था गरेको छ । चक्रपथ परिक्रमा गरेर चार वटा बसले भक्तजनलाई सेवा दिने कोषले जनाएको छ । यो सेवा साउनका चार वटै सोमबार निरन्तर रहने जनाइएको छ ।

पशुपतिमा आउने भक्तजनका लागि मारवाडी समाजले नि:शुल्क भोजनको व्यवस्था मिलाएको छ । यो व्यवस्था सोमबार बाहेकका दिन पनि निरन्तर हुने समाजले जनाएको छ ।

   

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?