
५ असार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । बैठकमा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।
अहिलेसम्म ४२ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार गण्डकी प्रदेश, मधेश प्रदेश, सम्पर्क मञ्च कार्यक्षेत्र भएका सदस्य, कामको विशेष क्षेत्र भएका सदस्यहरूले धारणा राखेको उनले बताए ।
अन्य सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
‘प्रस्तुत विधानमा जे जे व्यवस्था गरेर केन्द्रीय सचिवालय र पोलिटब्युरोले पारित गरेको विषयलाई सहमत जनाएर आफ्नो सुझाव राख्नुभएको छ,’ गौतमले भने ।
उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशको विषयमा पनि सदस्यहरूले धारणा राखेको उनले बताए ।
‘जुन हैसिय दिएर उहाँलाई त्यो पदमा पुर्यायो, अहिले दल विशेषको कार्यकर्ता भएर आउँदा के प्रभाव पार्छ भन्ने विषयमा बहुआयामिक तरिकाबाट छलफल भइरहेको छ,’ गौतमले भने ।
स्थानीय पार्टी कामलाई व्यवस्थित गर्ने लगायतका विषयमा कुरा राख्ने क्रम रहेको उनले बताए ।
प्रतिक्रिया 4