
News Summary
Generated by OK AI. Editorially reviewed.- गत आर्थिक वर्ष २०८१/८२ मा १३ हजार ५ सय ७८ युनिट विद्युतीय सवारीसाधन आयात भएको छ, जुन अघिल्लो वर्षभन्दा बढी हो।
- ५० किलोवाटसम्मका ४ हजार ७ सय ३२ युनिट ईभी आयात भएको छ, जसको लागत ८ अर्ब ३१ करोड रुपैयाँ र राजस्व ३ अर्ब ५९ करोड संकलन भएको छ।
- ५१ देखि १०० किलोवाट क्षमताका ७ हजार ४ सय ३१ युनिट ईभी आयात भएको छ, जसबाट ११ अर्ब ८१ करोड राजस्व संकलन भएको विभागले जनाएको छ।
६ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा विद्युतीय सवारीसाधन (ईभी) आयातमा नयाँ रेकर्ड बनेको छ ।
भन्सार विभागका अनुसार यस आवमा कुल १३ हजार ५ सय ७८ युनिट ईभी कार, जीप र भ्यान भित्रिएको देखिन्छ । यो अघिल्लो आव २०८०/८१ को तुलनामा धेरै हो । त्यसबेला ११ हजार ७ सय १ ईभी भित्रिएको थियो ।
गत आव ५० किलोवाटसम्मका ४ हजार ७ सय ३२ युनिट ईभी आयात भएका छन् । जसको लागत ८ अर्ब ३१ करोड १४ लाख ८० हजार रुपैयाँ बराबर छ । जसबाट सरकारले ३ अर्ब ५९ करोड ५२ लाख १९ हजार राजस्व संकलन गरेको छ ।
त्यस्तै ५१ देखि १०० किलोवाटसम्म क्षमताका ७ हजा ४ सय ३१ ईभी भित्रिएका छन् । जसको लागत १८ अर्ब ६२ करोड ८ लाख १४ हजार छ । त्यसबाट ११ अर्ब ८१ करोड २६ लाख ३९ हजार राजस्व संकलन भएको देखिएको छ ।
१०१ देखि २०० किलोवाटसम्म क्षमताका १ हजार ३ सय ६२ ईभी भित्रिएका छन् । जसको लागत ४ अर्ब ५३ करोड ४५ लाख ३० हजार छ । जसबाट सरकारले ३ अर्ब ८५ करोड ७ लाख ३९ हजार बराबर राजस्व संकलन गरेको छ ।
त्यस्तै २०१ देखि ३०० किलोवाट क्षमताका ४२ युनिट ईभी भित्रिएको छ । २७ करोड ८४ लाख ८७ हजार लागत छ । जसबाट सरकारले ४३ करोड ५१ लाख ८९ हजार राजस्व संकलन भएको छ ।
यसैगरी ३०० किलोवाटभन्दा माथिका २ युनिट ईभी आयात भएको छ । जसको लागत ८३ लाख २३ हजार र राजस्व ८८ लाख २६ हजार रहेको देखिएको छ ।
अनएसेम्बल्ड ईभी ५० किलोवाटसम्म क्षमताका ९ युनिट कार आयात भएको छ । जसको लागत ६४ लाख १० हजार र राजस्व ३२ लाख १७ हजार संकलन भएको विभागले जनाएको छ ।
प्रतिक्रिया 4